राजनीति

बालेनलाई भेटे बाबुरामले

काठमाडौ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरू एकताबद्ध हुनुपर्ने सपना आफूले पछिल्लो १० वर्षदेखि देख्दै आएको बताएका छन्। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विचार र एजेन्डामा सहमति बनाएर सबै एक भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

डा. भट्टराईका अनुसार यही विषयमा परामर्श गर्न बालेनले उनलाई बोलाएका थिए। भेटमा बालेनले आफू दलीय राजनीतिमा प्रवेश गरेको जानकारी दिँदै विभिन्न नयाँ भनिएका राजनीतिक शक्तिहरूसँग छलफल गरिरहेको बताएका छन्। बालेनले आफू राजनीतिमा आएको र कस्तो सहयोग गर्न सक्नुहुन्छ भनेर पनि सोधेको बताएका छन।

सेयर गर्नुहोस् :