काठमाडौं। मेयर बालेन शाह र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङबीच शनिबार बिहान भेटवार्ता भएको छ। रास्वपासँग एकीकरणका विषयमा संवाद चलिरहेका बेला बालेनले घिसिङलाई रास्वपाबाट आएको प्रस्ताव र एकीकरणको मोडालिटीबारे जानकारी गराएका हुन्।
घिसिङनिकट स्रोतका अनुसार बालेनले पहिले समर्थन रहने स्पष्ट पारेका थिए र अहिले एकीकरणबारे छलफल सुरु भएपछि त्यसबारे जानकारी गराएका हुन्। रास्वपा सभापति रवि लामिछाने र बालेनलाई एक ठाउँमा ल्याउन दोस्रो तहका नेताहरूबीच संवाद चलिरहेको छ। प्रारम्भिक समझदारी बनेपछि बालेन र लामिछानेबीच प्रत्यक्ष भेट हुने बताइएको छ।





