समाचार

फागुन २१ गते हुने निर्वाचनका लागि योग्य मतदाता संख्या सार्बजनिक

काठमाडौ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि योग्य मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम भएको छ। फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

कुल मतदातामध्य ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य छन्। निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्।

प्रदेशगत रूपमा सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा छन भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन्।

सेयर गर्नुहोस् :