समाज

इलाका प्रशासन स्वीकृत भएपछि स्थानियले दिपावली मनाए

कालीकोट। कालीकोटको रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि स्थानीयवासीहरूले गाउँमा दिपावली गरेका छन ।

गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले कालीकोटको रास्कोट सहितका ८ वटा जिल्लामा इलाका प्रशासन कार्यालय स्वीकृत गरेको थियो। रास्कोट नगरपालिकामा पनि इलाका प्रशासन कार्यालय स्वीकृत भएपछि स्थानीय खुसी भएका हुन। यसले कर्णाली नदी पारिका रास्कोट, नरहरिनाथ, सान्नीत्रिवेणी, पचालझरना र पलाता गरी पाँच पालिकाका करिब ७० हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेछ।

यसअघि स्थानियले नागरिकता लगायतका सेवा लिन ३–४ दिन लगाएर सदरमुकाम मान्मा जानु पर्ने बाध्यता टरेको छ ।

सेयर गर्नुहोस् :