राजनीति

रास्वपा र उज्यालो नेपाल पार्टी बिच एकता, कुलमान घिसिङ बने उपसभापति

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपालबीच ७ बुँदे सहमति भएको छ। सहमतिअनुसार कुलमान घिसिङ रास्वपाको उपसभापति बन्नेछन्। काठमाडौँको कमलपोखरीस्थित जि २१ डिजिटलको कार्यालयमा भएको हस्ताक्षर कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरका मेयर तथा रास्वपा नेता बालेन शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्।

सहमतिमा रवि लामिछाने नै रास्वपाको सभापति रहने, चुनाव चिन्ह घण्टी कायम रहने र पार्टीमा तीन जना उपसभापति रहने उल्लेख छ। तीन उपसभापतिहरूमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहनेछन्। साथै, उज्यालो नेपालको अभियानलाई रास्वपाको कार्यक्रमसँग जोड्दै एकता पश्चात् पार्टीको संगठनलाई सुदृढ र फराकिलो बनाउने तथा उज्यालो नेपालका युवा अभियन्ता र विज्ञहरूलाई योग्यता समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिइने उल्लेख गरिएको छ।

यस्ता छन् सहमतिका बुँदाहरुः

१. नवयुवाहरू (Gen-Z) ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने।

२. उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, दक्षतामा आधारित राजनीति, योग्यताप्रणाली (Meritocracy) को स्थापना, भ्रष्टाचार भ्रष्टाचार  सहनशिलता र सुशासन प्रति प्रतिवद्ध रहने, सुशासन र सामाजिक न्यायको राष्ट्रिय ढाँचासंहितका लागि गरिएको पार्टी नीति, संस्थागत तथा संरचनागत सुधारको मार्गचित्र आर्थिक-सामाजिक अन्तर र सुशासन राजनीतिक अभ्यासको माध्यम अँगाल्दै दुवै दलको नेपालीको सम्मानजनक भविष्य-आधारित राष्ट्र बनाउने कार्ययोजनालाई कार्यान्वयन गर्ने सहमति हुने।

३. पहिलो पक्ष र दोस्रो पक्षबीच एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको चुनाव चिन्ह घण्टी, दलको प्रमुख/अध्यक्ष पदमा हाल कायम सेतो घण्टीमा गोलोकार बिनाको चिन्ह यथावत् रहने, दलको चुनाव चिन्ह घण्टी यथावत् रहने, दलको झण्डा यथावत् रहने।

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको रीत अनुसार रहने र उपसभापतिमा कुमारन शिवाक, डि को अर्याल, र बालकृष्ण शाह रहने।

५. उज्यालो नेपालको अभियानलाई अपनत्व दिई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमसँग जोड्ने, एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सबल र प्रभावकारी बनाउने उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियान तथा अनुभवी विज्ञहरूसमेत समुचित जिम्मेवारी प्रदान गर्ने, समावेशिता र सार्वजनिक हितलाई आधार मान्ने।

६. उक्त सहमति बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दलको निर्वाचन आयोगमा अधिबाचन गर्ने।

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायको पक्षमा अघि बढाउन अन्य सुधारसहित एवं परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने।

सेयर गर्नुहोस् :