काठमाडौं।आइसीसी टी–२० विश्वकप २०२६ को ट्रफी आगामी जनवरी ५ नेपाल आइपुग्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ट्रफी दुई दिनसम्म नेपालमा रहने छ।
क्यानले बुधबार जारी गरेको विज्ञप्तिमा जनवरी ५ देखि ७ सम्म ट्रफीलाई नेपालका विभिन्न स्थानमा लैजाने कार्यक्रम रहेको जनाएको छ।
आइसीसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ।





