काठमाडौँ। लिचीबारी घुस प्रकरणमा नेकपा एमालेका तत्कालीन मन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ।
अदालतका अध्यक्ष सुदर्शनदेव भट्टसहितको इजलासले बयानपछि उनलाई थुनामै राखी मुद्दा अघि बढाउन निर्देशन दिएको हो। पोखराको लिचीबारी जग्गासम्बन्धी अदालतको फैसला कार्यान्वयन प्रक्रियामा घुसको डिल भएको अडियो सार्वजनिक भएपछि गुप्ता बुधबार थुनछेक बहसका लागि अदालतमा उपस्थित भएका थिए।





