काठमाडौँ। आगामी २१ फागुनमा हुने निर्वाचनलाई ६ कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने निर्णय गरेका छन्।
कुपोन्डोलमा बसेको संयुक्त बैठकले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई जनविरोधी र कठपुतली भन्दै सरकार विघटनको माग गरेको छ। साथै, स्वाधीन संयुक्त जनसरकार गठन र जनसंविधानका लागि संघर्ष अघि बढाउने घोषणा गरिएको छ।





