राजनीति

कानुनविद्हरूसँग महामन्त्रीद्वय गगन-विश्व-विशेष महाधिवेशनको माग बेवारिसे हुन दिदैनौ

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रले नबोलाए पनि विशेष महाधिवेशनको माग बेवारिसे हुन नदिने स्पष्ट पारेका छन्।

कानुनविद्हरूसँगको छलफलमा उनीहरूले विधान अनुसार आवश्यक हस्ताक्षर सहित माग दर्ता भएपछि विशेष महाधिवेशन बाध्यकारी हुने बताए। केन्द्रले आफैं बोलाउनु पर्ने प्रयास जारी रहने तर नबोलाए विधान र कानुनअनुसार अघि बढ्ने उनीहरूको भनाइ छ।

कानुनविद्हरूले पनि बहुमत महाधिवेशन प्रतिनिधिको माग पछि विशेष महाधिवेशन बोलाउनैपर्ने र नबोलाए विधान तथा राजनीतिक दलसम्बन्धी कानुन उल्लंघन हुने स्पष्ट पारेका छन्।

सेयर गर्नुहोस् :