काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसिसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर २०२६ का लागि इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय नेपाली महिला क्रिकेट टोली घोषणा गरेको छ।
जनवरी १२ देखि फेब्रुअरी १ सम्म त्रिवि क्रिकेट स्टेडियम र मूलपानी मैदानमा हुने प्रतियोगितामा नेपाल सहित १० टोली सहभागी हुनेछन्। प्रतियोगिताबाट शीर्ष चार टोलीले आगामी टी–२० विश्वकपमा स्थान बनाउनेछन्
घोषणा टोली
इन्दु वर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, विन्दु रावल, सम्झना खड्का, गाजल श्रेष्ठ, कविता कुवँर, कविता जोशी, रचना चौधरी, रिया शर्मा, रोमा थापा,सुमन विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय





