समाचार

जाँचबुझ आयोगलाई ओलीले दिए लिखित बयान

काठमाडौ। भदौ २३ र २४ को घटनाको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित बयान लिएको छ।

आयोगको टोली पत्र र प्रश्नसहित गुण्डुस्थित ओली निवास पुगेर लिखित जवाफ संकलन गरी फर्किएको हो। यसअघि आयोगलाई नमान्ने अभिव्यक्ति दिँदै आएका ओलीले अन्ततः बयान प्रक्रिया पूरा गरेका छन्।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखक, सुरक्षाकर्मी, प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरूसँग पनि बयान लिइसकेको छ।

सेयर गर्नुहोस् :