राजनीति

रास्वपाको प्रत्यक्ष सांसदका लागि आवेदन खुल्यो, मोबाइल एप बाटै उम्मेदवारी दिन सकिने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारीका लागि आवेदन खुलाएको छ।

पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन इच्छुक उम्मेदवारहरूले पुस २६ गते राति १२ बजेभित्र आवेदन दिन सक्नेछन्। उम्मेदवारी पार्टीको मोबाइल एपमार्फत पेश गर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ मा हुदैछ।

सेयर गर्नुहोस् :