काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित प्रतिवेदन अनुसार नेपालमा करिब २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल देखाएको छ। यसमध्ये सहरी क्षेत्रमा १८.३४ प्रतिशत छन भने ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखा मुनि रहेको छन। प्रतिव्यक्ति वार्षिक रु ७२,९०८ भन्दा कम खर्च गर्ने व्यक्तिलाई यस प्रतिवेदनमा गरिबको वर्गमा राखिएको छ।
प्रदेशगत विश्लेषण अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी गरिबी दर ३४.१६% रहेको छ भने गण्डकी प्रदेशमा सबैभन्दा कम ११.८८% छ। जिल्ला तहमा हेर्दा अछाम जिल्लामा सबैभन्दा बढी ४९.५८% गरिबीको दर छ भने कास्की जिल्लामा सबैभन्दा कम ५.६३% गरिबीको दर रहेको प्रतिबेदनले देखाएको छ।
यस्तै स्थानीय तहमा कुल ३०९ स्थानीय तहमा गरिबी दर राष्ट्रिय औसतभन्दा कम रहेको छ भने ४४४ स्थानीय तहमा औसतभन्दा बढी छ। न्यूनतम दर १.१८% (मुस्ताङ–घरपझोङ) देखि अधिकतम ७७.८९% (जाजरकोट–जुनीचाँदे) रहेको छ।
जनसंख्याको दृष्टिले सबैभन्दा बढी गरिबी दर काठमाडौँ महानगरपालिकामा देखिएको छ।





