राजनीति

रास्वपा–उज्यालो नेपाल पार्टीको एकता भंग, कुलमानका प्रस्ताव मुख्य कारण

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टी (उनेपा) सँगको एकता भंग भएको घोषणा गरेको छ।

रास्वपाका अनुसार कुलमान घिसिङले पार्टीको नयाँ नाम राख्नुपर्ने, आफूलाई वरिष्ठ उपसभापति बनाउने, निर्वाचन क्षेत्रको सिट बाँडफाँड गर्ने, पार्टीका अन्य पदाधिकारीमा आफ्ना प्रतिनिधि नियुक्त गर्ने र केन्द्रीय सदस्यहरूको समायोजन गर्ने जस्ता बहुसंख्यक प्रस्तावहरू ल्याएपछि सहकार्य अघि बढ्न नसकेको जनाएको छ।

उज्यालो नेपाल पार्टी संग एकताका क्रममा भएको मूल सहमतिभन्दा फरक र पूरक प्रस्तावहरू आउन थालेपछि एकता अगाडि बढ्न सकेन। वरिष्ठ उपसभापति, महामन्त्री, पदाधिकारी, थप सचिवालय सदस्य, केन्द्रीय सदस्य र निर्वाचन क्षेत्रसम्मको बाँडफाँडसम्बन्धी प्रस्ताव आएपछि एकतालाई पूर्णता दिन समस्या भएको हो रास्वपाका एक नेताले भने ।

यस अघि भदौ २३–२४ मा जेनजी आन्दोलन, भ्रष्टाचार विरोधी चेतना, सुशासन र मेरिटोक्रेसीको आधारमा सातबुँदे सहमति अनुसार दुई पार्टी बिच एकता गर्ने गरि सहमतिमा हस्ताक्षर भएको थियो।

सेयर गर्नुहोस् :