समाज

जनसंख्या घट्दै गएपछि, तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार दिने

स्याङ्जा। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले घट्दो जनसंख्या नियन्त्रण गर्ने उद्देश्यले नयाँ रणनीति अघि सारेको छ। गाउँपालिकाले कार्यविधि नै निर्माण गरी तीन सन्तान जन्माउने परिवारलाई आर्थिक अनुदान दिने निर्णय गरेको हो।

यस रणनीति अनुसार, तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिनेछ। गाउँपालिकाका अनुसार बसाइँसराइ, घट्दो जन्मदर र जनसंख्या वृद्धिदरमा आएको कमीलाई सम्बोधन गर्न यस्तो नीति ल्याइएको हो।

यस कार्यक्रममार्फत दीर्घकालीन रूपमा जनसंख्या सन्तुलन कायम राख्ने र परिवारलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको जनाएको छ।

सेयर गर्नुहोस् :