राजनीति

विशेष महाधिवेशनमा गगन र विश्वका मुख्य प्रस्तावहरु यस्ता छ्न

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी तथा राज्य संरचनामा सुधार लक्षित गर्दै महत्त्वपूर्ण प्रस्तावहरू अघि सारेका छन्। उनीहरूले प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका हुन्।

प्रस्तावअनुसार पार्टीभित्र प्राइमरी निर्वाचनको व्यवस्था लागू गर्ने, निर्वाचनअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने र समानुपातिक प्रणालीबाट एक पटकमात्र सांसद बन्न पाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ। त्यस्तै, केन्द्रीय समितिमा ४० वर्षमुनिका ४० जना सदस्य समावेश गर्नुपर्ने प्रस्ताव गरिएको छ।

‘सिंगल रोटेसन रिजर्भ’ निर्वाचन क्षेत्रको अभ्यास गर्नुपर्ने, सरकारी कर्मचारीका लागि ‘कुलिङ अफ पिरियड’ लागू गर्ने र दलका सदस्यले दुई वर्षसम्म संवैधानिक नियुक्ति नपाउने व्यवस्था गर्नुपर्ने धारणा अघि सारेका छन्।

यसैगरी, गैरआवासीय नेपालीलाई नागरिकता र मतदान अधिकार दिलाउन पहल गर्ने, राजनीतिक नियुक्ति गर्दा व्यक्तिको ट्र्याक रेकर्डका आधारमा मात्रै निर्णय गर्ने र पार्टीभित्र आन्तरिक सुशासन आयोग गठन गर्नुपर्ने प्रस्ताव पनि समावेश गरिएको छ।

सेयर गर्नुहोस् :