राजनीति

कांग्रेस फुटको संघारमा, देउवा–महामन्त्रीद्वय अन्तिम वार्तामा

काठमाडौं। नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक द्वन्द्वका कारण पार्टी विभाजनको संघारमा पुगेको छ। विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच विभिन्न चरणमा वार्ता भए पनि मुख्य एजेण्डामा सहमति नजुट्दा समस्या झन जटिल भएको हो। विभाजन रोक्ने अन्तिम प्रयासस्वरूप सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफलका लागि बोलाएका छन्।

विशेष महाधिवेशन पक्षधरले १५औँ महाधिवेशन सम्म अन्तरिम नेतृत्व बनाएर निर्वाचनमा जानुपर्ने, सबैको सहमतिमा संसदीय बोर्डमार्फत टिकट वितरण गर्नुपर्ने र अन्य दलसँग चुनावी गठबन्धन नगर्नुपर्ने माग राखेका छन्। देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिनुपर्ने प्रस्तावसमेत उनीहरूको छ।

संस्थापन पक्षले भने देउवालाई सेरेमोनियल सभापतिका रूपमा भए पनि निरन्तरता दिनुपर्ने, वैशाखमा महाधिवेशन हुने भएकाले आम निर्वाचन सम्म एकताबद्ध भएर अघि बढ्नुपर्ने तर्क गरेको छ। सहमतिको अन्तिम उपायका रूपमा आसन्न निर्वाचनको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर रहने व्यवस्थामा लचकता देखाएको छ।

सेयर गर्नुहोस् :