काठमाडौँ। सानेपामा बसेको शेरबहादुर देउवा पक्षीय केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनमा सहभागी भएका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्ने निर्णय गरेको केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिएका छन्।
बुधबार बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनमा सहभागी भएका नेताहरू पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको निष्कर्ष निकाल्दै कारबाही गर्ने निर्णय गरेको हो।





