समाचार

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता

काठमाडौ। महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ। यससँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा रहेका ती अभियोग फिर्ता हुनेछन्।

यद्यपि, सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने र अभियोगपत्र मात्र संशोधन गरिने महान्यायाधिवक्ता सबिता भण्डारी बरालले स्पष्ट पारेकी छन्।

सेयर गर्नुहोस् :