काठमाडौं। नेपाली कांग्रेसमा आधिकारिकताको विवाद चुलिँदै जाँदा शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ता निर्वाचन आयोग पुगेका छन्।
विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि दुवै पक्षले आफू आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएका हुन्। आयोगले यो विषयमा छानबिन गरिरहेको अवस्थामा देउवा पक्षका केन्द्रीय पदाधिकारी, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू आफ्ना कुरा राख्न आयोग पुगेका छन्।





