राजनीति

सुदूरपश्चिमका १६ सिटमा रास्वपाका ४६ जनाको उम्मेदवारी दाबी, यी हुन् आकांक्षी

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभाका १६ निर्वाचन क्षेत्रमा ४६ जनाले उम्मेदवारीका लागि आवेदन दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले अनलाइन प्रणालीमार्फत आकांक्षा संकलन गरेको हो।

उम्मेदवार बन्न इच्छुक हुनेमा रास्वपाका सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट, रास्वपा सचिवालय सदस्य दीपक बोहरा, नेता सागर ढकाल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाह तथा गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिव धिरज जोशी, केपि खनाल समेत छन्।

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये कञ्चनपुर–१ (दीपक बोहरा), अछाम–१ (ओमप्रकाश रावल), डोटी (नरेन्द्र खड्का), बैतडी (हरिमोहन भण्डारी) र दार्चुला (राजेश साउद) मा मात्र एकल उम्मेदवारी परेको छ। बाँकी सबै क्षेत्रमा एकभन्दा बढी आकांक्षी उम्मेदवार देखिएका छन्।

प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले अनुसार, उम्मेदवारको आकांक्षी सूची प्राप्त भएपछि मात्रै औपचारिक रूपमा नाम सार्वजनिक गर्न सकिनेछ।अहिले सार्वजनिक भएका नामहरू उम्मेदवारीका लागि गरिएको दाबीको आधारमा मात्र सार्वजनिक गरिएको हो ।

कसको दाबी कहाँ ?

कैलाली–१: इन्जिनियर प्रकाश विष्ट, कोमल सुवेदी, सुरेश कर्ण, दिव्या चौधरी, सिद्धार्थ साउद, दिपेन्द्र चौधरी

कैलाली–२: पदमराज शर्मा, पदम चौलागाईं, पवित्रा गिरी, केपी खनाल

कैलाली–३: महेशकुमार चौधरी, जगत जोशी, इन्दु चौधरी

कैलाली–४: खेमराज कोइराला, दिल्लीराज जोशी, मिनबहादुर बोहरा, शिवराज पन्त, हेमराज भट्ट, सत्यराज रावल

कैलाली–५: भीमबहादुर बोहरा, जसुकुमारी भट्ट, हरि रेग्मी, ईश्वरी बिष्ट, पुष्कर अवस्थी, लक्ष्मण थारू, आनन्दबहादुर चन्द

कञ्चनपुर–१: जनक धामी, नवराज राना

कञ्चनपुर–२: दिपक बोहरा

कञ्चनपुर–३: ज्ञानेन्द्र सिंह महता, उमेश पाण्डे, कृष्णदत्त जोशी, धिरज जोशी

डडेल्धुरा: सागर ढकाल, सुरेन्द्र अवस्थी, डा. तारा जोशी

बझाङ: मिनबहादुर सिंह, सत्यराज उपाध्याय, शैलेश सिंह

अछाम–१: ओमप्रकाश रावल

अछाम–२: जीवन तिमिल्सिना, भूपदेव शाह

बाजुरा: राजबहादुर सिंह, हेमराज थापा

बैतडी: हरिमोहन भण्डारी

डोटी: नरेन्द्र खड्का

दार्चुला: राजेश साउद

सेयर गर्नुहोस् :