समाचार

सुदूरपश्चिमका १६ वटै क्षेत्रमा नेकपाका उम्मेदवार टुंगिए

धनगढी। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका सबै १६ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ।

अछाम–१ बाट भीम रावल र अछाम–२ बाट शरदसिंह भण्डारी उम्मेदवार बनेका छन्। कैलाली–१ मा रामलाल डगौरा थारु, २ मा राजेन्द्र साउँद, ३ मा विरमान चौधरी, ४ मा हरि चौधरी उत्सव र ५ मा पूर्वमन्त्री प्रेमबहादुर आलेमगर उम्मेदवार चयन भएका छन्।

कञ्चनपुर–१ मा विना मगर, २ मा लालबहादुर खड्का र ३ मा मानबहादुर सुनारलाई उम्मेदवार बनाइएको छ। यस्तै, डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी, बझाङबाट मीनबहादुर कुवर, बैतडीबाट परमानन्द भट्ट र डोटीबाट त्रिलोचन भट्ट उम्मेदवार बनेका छन्। बाजुराबाट पूर्व प्रदेशमन्त्री प्रकाश शाहले उम्मेदवारी पाएका छन्।

सेयर गर्नुहोस् :