काठमाडौ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्।
उनले मेयर पदबाट राजीनामा दिएर दिउँसो १ बजे रास्वपाको केन्द्रीय कार्यालय ‘घण्टीघर’ पुग्ने कार्यक्रम तय भएको छ। पार्टी स्रोतका अनुसार उनको स्वागत तथा शपथको तयारी गरिएको छ।
रास्वपाले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा बालेनलाई झापा–५ बाट उम्मेदवार बनाउने तयारी गरेको छ भने निर्वाचनपछि उनलाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बनाउने घोषणा समेत गरेको छ।





