समाचार

अछाम– १ मा रास्वपा बाट ओमप्रकाश रावलले दर्ता गरे उम्मेदवारी

अछाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट अछाम निर्वाचन क्षेत्र नम्बर–१ मा ओमप्रकाश रावलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि रावलले सुशासन, पारदर्शिता र जनमुखी विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताएका छन्। दशकौँदेखि दोहोरिँदै आएको पुरानो राजनीतिक अभ्यासले अछामी जनतालाई निराश बनाएको उल्लेख गर्दै अब परिणाम दिने, जवाफदेही र पारदर्शी नेतृत्वको आवश्यकता भएको बताए। “अछामलाई भाषण होइन, काम चाहिएको छ,” भन्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारलाई मुख्य प्राथमिक एजेन्डा बनाउने बताएका छन।

परम्परागत राजनीतिक शैलीबाट निराश जनताका लागि अब नयाँ सोच र जवाफदेही नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले अछामको विकास र जनताको आवाज संसदमा मजबुत रूपमा उठाउने प्रतिबद्धता जनाएका छन।

सेयर गर्नुहोस् :