समाचार

सुदूरपश्चिममा १६ सिटका लागि २१० जनाको उम्मेदवारी

धनगढी। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा कुल २१० जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा धेरै उम्मेदवार कैलाली जिल्लामा छन्, जहाँ पाँचै निर्वाचन क्षेत्रमा गरी उल्लेख्य संख्यामा मनोनयन परेको छ।

कुल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा प्रमुख राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारहरूको पनि उल्लेख्य सहभागिता देखिएको छ।

सबै जिल्लामा उम्मेदवारको संख्या (जिल्लागत रूपमा) यस प्रकार छः

कैलाली:
क्षेत्र–१ मा १९, क्षेत्र–२ मा १६, क्षेत्र–३ मा ११, क्षेत्र–४ मा १६, क्षेत्र–५ मा १६
कुल: ७८ जना

कञ्चनपुर:
क्षेत्र–१ मा १९, क्षेत्र–२ मा १९, क्षेत्र–३ मा १७
कुल: ५५ जना

अछाम:
क्षेत्र–१ मा ८, क्षेत्र–२ मा ९
कुल: १७ जना

डोटी: ९ जना

बाजुरा: ८ जना

बझाङ: ७ जना

बैतडी: १२ जना

दार्चुला: ११ जना

डडेल्धुरा: १३ जना

सेयर गर्नुहोस् :