काठमाडौं । प्रतिनिधिसभाका १६५ प्रत्यक्ष सिट का लागि ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार राजनीतिक दल र स्वतन्त्र दुवै तर्फबाट उम्मेदवारहरूको उल्लेख्य सहभागिता देखिएको छ।
दर्ता भएका उम्मेदवारमध्ये ६८ राजनीतिक दलबाट २ हजार २ सय ९७ जना उम्मेदवार छन् भने स्वतन्त्रतर्फ १ हजार १ सय ८७ जना ले उम्मेदवारी दर्ता गराएका छन्।
लैङ्गिक आधारमा हेर्दा कुल उम्मेदवारमध्ये ३ हजार ८८ जना पुरुष रहेका छन् भने ३ सय ९५ जना महिला उम्मेदवार छन्। यसले यस पटक पनि निर्वाचनमा महिलाको सहभागिता अझै पनि सीमित रहेको देखाउँछ।
उमेर समूह अनुसार हेर्दा ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार सबैभन्दा बढी रहेका छन्। आयोगका अनुसार, २५ देखि ३५ वर्ष उमेर समूहमा ५ सय ८३ जना, ३६ देखि ५० वर्ष समूहमा १ हजार ६ सय १० जना,५१ देखि ६५ वर्ष समूहमा १ हजार ९० जना र ६५ वर्षभन्दा माथिका २ सय १ जना उम्मेदवार छन्।





