राजनीति

उज्यालो नेपाल पार्टीले कुलमानलाई अध्यक्ष घोषणा गर्न तयारी, रास्वपा सङ टुट्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पार्टी एकतामा सहमति नहुँदा उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने तयारी गरेको छ। विगतमा दुई पार्टीबीच सहमति भए पनि रास्वपाले धर्मनिरपेक्षता, समावेशिता र भागबन्डा लगायतका विषयमा असहमति देखाएपछि सहकार्य टुटेको छ बताएको छ।

सहकार्य टुटेपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ भने उज्यालो नेपालको केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष घोषणा गर्ने निर्णय गरेको छ। कुलमान घिसिङ आज साँझ साढे पाँच बजे पार्टी कार्यालय त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्दै नयाँ नेतृत्वको औपचारिक घोषणा गर्ने तयारीमा छन्।

स्रोतका अनुसार रास्वपा पक्षले कुलमान र उज्यालो नेपाल पक्षले नेतृत्वमा हसियत भन्दा बढी दाबी गरेको बताएको छ भने उज्यालो नेपाल निकट नेताहरूले धोका दिएको आरोप लगाएका छन्।

सेयर गर्नुहोस् :