यो वेबसाइट बुलबुल मिडिया नेटवर्क आधिकारिको समाचार पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै बुलबुल खबर अनलाईन पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
समाचार

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, घर बाटै जग्गा सम्बन्धी सेवा लिन सकिने

काठमाडौँ। नापी विभागले जग्गासम्बन्धी सेवा प्रवाहलाई डिजिटल माध्यमबाट थप सहज बनाउन ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। विभागका अनुसार एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध उक्त एपमार्फत नागरिकले घर मै बसेर विभिन्न जग्गा सम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन्। एप प्ले स्टोर […]

समाज

रवि फर्किएकै दिन परराष्ट्रमन्त्री खनालको भारत भ्रमण, महत्वपूर्ण सम्झौताको सम्भावना

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किने दिनमै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खनाल शुक्रबार दिउँसो भारत प्रस्थान गर्ने तय भएको छ। भ्रमणका क्रममा उनले भारतीय समकक्षी एस जयशंकर सँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ। मन्त्री खनालको भ्रमणको मुख्य उद्देश्य […]

समाचार

राष्ट्रपति कार्यालयबाट लुटिएको हात्तीको दाह्रा फेला, पाँच जना पक्राउ

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते राष्ट्रपति कार्यालय शीतल निवासबाट लुटिएको हात्तीको दाह्रा सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार पक्राउ परेकाहरूको साथबाट हात्तीको दाह्रा मात्र नभई प्रतिबन्धित लागुऔषध समेत बरामद गरिएको छ। मनमैजु क्षेत्रमा अवैध रूपमा हात्तीको दाह्रा ओसारपसार तथा बिक्री वितरण भइरहेको गोप्य सूचनाका […]

समाचार

मानव अधिकार आयोगको प्रतिवेदनप्रति नेपाल बारको आपत्ति

काठमाडौँ। नेपाल बार एशोसिएशनले राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदन प्रति गम्भीर आपत्ति जनाएको छ। बारले प्रतिवेदनलाई तथ्यपरक र विस्तृत नभई छनौटपूर्ण रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ। भदौ २३ र २४ गतेका घटना सम्बन्धी अध्ययनका लागि आयोगका सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन तथा सिफारिसका बुँदाहरू माथि बारले प्रश्न […]

समाचार

५० युनिट भन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत मात्रै भ्याट, १३ प्रतिशतको समाचार भ्रामक

काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट मार्फत ५० युनिट भन्दा बढी विद्युत् खपतमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको भन्ने समाचार भ्रामक रहेको पाइएको छ। तथ्य जाँच संस्था नेपाल फ्याक्टचेकले गरेको अध्ययन अनुसार सरकारले यस्तो खपतमा १३ प्रतिशत होइन, सहुलियत दरमा ५ प्रतिशत मात्रै भ्याट लगाउने व्यवस्था गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम […]

समाचार

पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइने : ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक मार्फत पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइने बताएका छन्। अन्तरपार्टी निर्देशन जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनमा व्यहोर्नुपरेको पराजय पछि पार्टीको एक हिस्सा निराश र पलायनको अवस्थामा पुगेको उल्लेख गर्दै संगठन भित्र आशा र उत्साह जगाउन आवश्यक रहेको बताएका हुन्। उनले वर्तमान परिस्थितिमा पार्टीभित्र […]

समाचार

रबिन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा

काठमाडौं। नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) खेलाडी रबिन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी सिजन-५’ अन्तर्गत सेमिफाइनलमा स्थान बनाएका छन् । मकाउ स्थित ग्यालेक्सी एरिनामा सम्पन्न ब्यान्टमवेट क्वार्टरफाइनलमा उनले फिलिपिन्सका फाइटर किम्बर्ट एलिन्टोजोनलाई दोस्रो राउन्ड मै पराजित गर्दै ऐतिहासिक सफलता हात पारेका हुन् । ‘बझाङका बाघ’ उपनामले परिचित रबिन्द्रको यो सफलता नेपाली एमएमएका लागि ऐतिहासिक मानिएको […]

अर्थतन्त्र समाचार

बजेटसहितका दस्ताबेज पारित गर्न दिउँसो १ बजे राष्ट्रिय योजना आयोगको बैठक बस्दै

आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानसहित तीन वर्षको मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रमलाई पारित गर्न आज शुक्रबार दिउँसो १ बजे राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा बस्ने उक्त पूर्ण बैठकले पारित गरेपछि यी प्रतिवेदनहरूलाई स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरिनेछ । प्रधानमन्त्रीले नभ्याउने अवस्थामा उनले तोकेका व्यक्तिले पूर्ण […]

समाचार

खुला प्रतिस्पर्धाबाट राजदूत छनोट प्रक्रिया सुरु, अनलाइनबाट आवेदन दिन सकिने

काठमाडौ। सरकारले पहिलो पटक खुला प्रतिस्पर्धा मार्फत राजदूत छनोट प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सूचना जारी गर्दै विभिन्न देशका लागि नेपालको राजदूत तथा स्थायी प्रतिनिधि पदमा आवेदन आह्वान गरेको हो । मन्त्रालयका अनुसार भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरेबियाका लागि राजदूत पदमा […]

समाचार

जेनजी आन्दोलनमा पूर्व प्रधानमन्त्री देखि सांसद र अभियन्ता सम्म माथि अनुसन्धान सिफारिस

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सम्बन्धी घटनामा विभिन्न राजनीतिक व्यक्तित्व, सांसद, अभियन्ता तथा कन्टेन्ट क्रियटरहरूको भूमिका बारे सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री सुशीला कार्की, पूर्वगृहमन्त्री सुधन गुरुङ लगायतले आन्दोलन भड्काउन भूमिका खेले नखेलेको विषयमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको […]