काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किने दिनमै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खनाल शुक्रबार दिउँसो भारत प्रस्थान गर्ने तय भएको छ। भ्रमणका क्रममा उनले भारतीय समकक्षी एस जयशंकर सँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ। मन्त्री खनालको भ्रमणको मुख्य उद्देश्य […]
समाज
निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती
काठमाडौं। सरकारले निजी अस्पताल मार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवामा कटौती गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा बोर्डले आकस्मिक सेवा बाहेक अन्य सबै बीमा सेवा अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको हो। स्वास्थ्य बीमा बोर्डले मंगलबार निजी स्वास्थ्य संस्थालाई पत्र पठाउँदै आगामी जेठ १६ गते देखि निर्णय लागू हुने जानकारी गराएको छ। बोर्डका निमित्त […]
धनगढी र नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने, देशका बाँकी भागमा कस्तो छ मौसम?
काठमाडौं। जल तथा मौसम विज्ञान विभागले सोमबार देशभर मौसमको दोहोरो प्रभाव देखिने जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मीसहित तातो लहर चल्ने सम्भावना रहेको छ भने देशका धेरैजसो पहाडी, मध्य र पूर्वी भेगमा मेघगर्जनnसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । विभागका अनुसार पश्चिमी तराईका दिपायल, धनगढी र नेपालगञ्जमा दिउँसो अत्यधिक गर्मी […]
लाइफलाइन अछामको तेस्रो राइड : नगरकोटमा सरसफाइ अभियान
भक्तपुर। पर्यावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै “लाइफलाइन अछाम” ले आफ्नो तेस्रो राइड कार्यक्रम अन्तर्गत नगरकोट क्षेत्रमा सरसफाइ तथा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ। भक्तपुरको नागबेली सडक हुदै नगरकोट भ्यु टावरसम्म पुगेको टोलीले प्राकृतिक सौन्दर्यसँगै वातावरण जोगाउने सन्देश दिएको हो। राइड कार्यक्रमका क्रममा टोलीले पर्यटकीय क्षेत्रमा जथाभावी फालिएका प्लास्टिकका बोतल, चाउचाउका खोल, र्यापर तथा […]
यस्तो छ आजका लागि फलफूल र तरकारीको थोक मूल्य
काठमाडौँ। काठमाडौ स्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। गोलभेँडा ठूलो (भारतीय) रु ७०, गोलभेँडा सानो (लोकल) रु ४५, आलु रातो रु २२ र प्याज सुकेको (भारतीय) रु ३६ प्रतिकिलो तोकिएको छ। त्यसैगरी गाजर (लोकल) रु ५०, बन्दा (लोकल) रु ३५, काउली रु ३५, सेतो […]
६ महिनामा निर्वाचन सम्पन्न, सुशीला कार्की सरकारलाई धन्यवाद
काठमाडौ। भदौ २७ मा बनेको सुशीला कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्दै आफ्नो मूल जिम्मेवारी पूरा गरेको छ। जेनजी आन्दोलनपछिको असहज र जटिल राजनीतिक परिस्थितिमा सरकार गठन भएको थियो। सुरुवातमा ‘निर्वाचन सम्भव छैन’ भन्ने आशङ्का व्यापक थियो तर सरकारले ती आशङ्कालाई चिर्दै तोकिएकै समयमा निर्वाचन गरायो। निर्वाचन सम्पन्न गर्नु केवल प्रशासनिक […]
मतपेटिका साटिने हल्ला भ्रामक: निर्वाचन आयोग
काठमाडौ। निर्वाचन आयोग ले मतपेटिका साटिने भनी फैलाइएका हल्लाहरू पूर्ण रूपमा निराधार र भ्रामक रहेको जनाएको छ। बुधवार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले मतपेटिकाको सुरक्षामा कुनै पनि सम्झौता नहुने स्पष्ट पारे। उनले मतदान सम्पन्न भएपछि राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूको रोहवरमा मतपेटिका सिल गरिने र प्रतिनिधिहरू कै चिह्न अंकित लाहाछाप […]
बाजुरा जिल्लाका १० मतदान स्थल अझै यातायात पहुँच बाहिर
बाजुरा। बाजुराका १० वटा मतदान स्थल अझै पनि यातायातको पहुँच बाहिर रहेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा रहेका कुल ७७ मतदान स्थल मध्ये १० स्थानमा सवारी साधन पुग्न नसक्ने अवस्था रहेको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार त्रिवेणी नगरपालिका-५ किम्नी स्थित रामेश्वरी मावि, गौमुल गाउँपालिका-१ को अम्लिस मावि र जगन्नाथ गाउँपालिका-४ बागापानी स्थित […]
संयुक्त अधिराज्य बेलायत निर्वाचन पछि बन्ने सरकारसँग सहकार्य गर्न तयार
काठमाडौ। संयुक्त अधिराज्य बेलायतले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन पछि गठन हुने सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। काठमाडौ स्थित बेलायती राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा मार्च ५ (फागुन २१) मा हुने निर्वाचनलाई लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अभ्यासका रूपमा उल्लेख गर्दै त्यसपछि बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न बेलायत प्रतिबद्ध रहेको बताइएको छ। Facebook […]
मौन अवधि आज मध्यरात देखि लागू, उल्लङ्घन गरे उम्मेदवारी खारेज देखि ६ वर्ष प्रतिबन्ध सम्म
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारको प्रचार-प्रसार अवधि आज मध्यरात देखि सकिदैछ। त्यससँगै मतदान सम्पन्न नहुन्जेल सम्म लागू हुने मौन अवधि सुरु हुने भएको छ। निर्वाचन आयोगका अनुसार मतदान हुनुभन्दा ४८ घण्टा अगाडि देखि मतदान नसकिए सम्म मौन अवधि कायम रहनेछ। यस अवधिमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले प्रचार-प्रसार, भाषण, सभा-भेला, […]











