काठमाडौं। बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन्। उनलाई आजै पद तथा गोपनीयताको सपथ गराउने तयारी गरिएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा सपथ समारोहका लागि आवश्यक पत्राचार भइसकेको छ।
यस अघि सम्पत्ति लगायत विभिन्न विवादमा परे पछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनको विषयमा छानबिन गर्न समिति गठन गरेको थियो।
छानबिन समितिले उनलाई ‘क्लिन चिट’ दिएपछि पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गरिएको बताइएको छ।





