बर्दिया। नक्कली सरकारी कार्यालय स्थापना गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा बर्दिया प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ। ठाकुरबाबा नगरपालिका-३ बगनाहा बजारमा घर भाडामा लिएर ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामक नक्कली कार्यालय सञ्चालन गरी ठगी गरेको आरोपमा दम्पती पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका-३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही […]
समाचार
सबै कुरा शून्यबाट सुरु हुँदैछ, विज्ञान प्रविधि ऐन तत्काल ल्याउँछु
काठमाडौं। विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयका कामहरू शून्यबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन्। सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिदै उनले मन्त्रालय अन्य निकाय जस्तो पूर्वतयारी अवस्थामा नभएकाले तत्काल विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धी ऐन निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। उनका अनुसार पहिलो चरण मै मन्त्रालय सञ्चालनलाई कानुनी आधार दिने उद्देश्यले विधेयक […]
पृथ्वी बहादुर शाह सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी समिति सदस्यमा नियुक्त
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले अछामका युवा नेता पृथ्वीबहादुर शाहलाई सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी समितिको सदस्यमा मनोनयन गरेको छ। प्रदेश सरकारको निर्णय अनुसार शाहलाई परिषद्को कार्यकारी समितिमा सदस्यको जिम्मेवारी प्रदान गरिएको हो। नियुक्ति पछि प्रतिक्रिया दिदै शाहले आफूलाई उक्त जिम्मेवारीका लागि योग्य ठानी विश्वास व्यक्त गरेकोमा सुदूरपश्चिम प्रदेश सरकार प्रति आभार व्यक्त गरेका छन्। उनले […]
महावीर पुन बालेन नेतृत्वको सरकारमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने, आजै शपथ
काठमाडौं। स्वतन्त्र सांसद महावीर पुन बालेन्द्र शाह नेतृत्वको सरकारमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन्। उनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। पुनको शपथ आजै हुने कार्यक्रम तय गरिएको छ। यस अघि सुशीला कार्की नेतृत्वको सरकारमा उनी शिक्षा मन्त्री रहेका थिए। तर आफूले प्रस्ताव गरेका सुधारका कार्यक्रमहरू कार्यान्वयनमा […]
सुदन गुरुङ पुनः गृहमन्त्री, आज दिउँसो ३ बजे सपथ ग्रहण
काठमाडौं। बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन्। उनलाई आजै पद तथा गोपनीयताको सपथ गराउने तयारी गरिएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा सपथ समारोहका लागि आवश्यक पत्राचार भइसकेको छ। यस अघि सम्पत्ति लगायत विभिन्न विवादमा परे पछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि […]
एसियाली खेलकुद क्रिकेट छनोटः ओमानलाई हराउँदै नेपाल फाइनलमा
सिंगापुरमा जारी एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। यस जितसँगै नेपालले प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ। यसअघि समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह ‘ए’ को शीर्ष टोली बनेको थियो। प्रतियोगिताको स्वरूपअनुसार समूह ‘ए’ र ‘बी’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुगेका थिए […]
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, घर बाटै जग्गा सम्बन्धी सेवा लिन सकिने
काठमाडौँ। नापी विभागले जग्गासम्बन्धी सेवा प्रवाहलाई डिजिटल माध्यमबाट थप सहज बनाउन ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। विभागका अनुसार एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध उक्त एपमार्फत नागरिकले घर मै बसेर विभिन्न जग्गा सम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन्। एप प्ले स्टोर […]
राष्ट्रपति कार्यालयबाट लुटिएको हात्तीको दाह्रा फेला, पाँच जना पक्राउ
काठमाडौं। जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते राष्ट्रपति कार्यालय शीतल निवासबाट लुटिएको हात्तीको दाह्रा सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार पक्राउ परेकाहरूको साथबाट हात्तीको दाह्रा मात्र नभई प्रतिबन्धित लागुऔषध समेत बरामद गरिएको छ। मनमैजु क्षेत्रमा अवैध रूपमा हात्तीको दाह्रा ओसारपसार तथा बिक्री वितरण भइरहेको गोप्य सूचनाका […]
मानव अधिकार आयोगको प्रतिवेदनप्रति नेपाल बारको आपत्ति
काठमाडौँ। नेपाल बार एशोसिएशनले राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदन प्रति गम्भीर आपत्ति जनाएको छ। बारले प्रतिवेदनलाई तथ्यपरक र विस्तृत नभई छनौटपूर्ण रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ। भदौ २३ र २४ गतेका घटना सम्बन्धी अध्ययनका लागि आयोगका सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन तथा सिफारिसका बुँदाहरू माथि बारले प्रश्न […]
५० युनिट भन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत मात्रै भ्याट, १३ प्रतिशतको समाचार भ्रामक
काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट मार्फत ५० युनिट भन्दा बढी विद्युत् खपतमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको भन्ने समाचार भ्रामक रहेको पाइएको छ। तथ्य जाँच संस्था नेपाल फ्याक्टचेकले गरेको अध्ययन अनुसार सरकारले यस्तो खपतमा १३ प्रतिशत होइन, सहुलियत दरमा ५ प्रतिशत मात्रै भ्याट लगाउने व्यवस्था गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम […]










