समाचार

पृथ्वी बहादुर शाह सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी समिति सदस्यमा नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले अछामका युवा नेता पृथ्वीबहादुर शाहलाई सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी समितिको सदस्यमा मनोनयन गरेको छ।

प्रदेश सरकारको निर्णय अनुसार शाहलाई परिषद्को कार्यकारी समितिमा सदस्यको जिम्मेवारी प्रदान गरिएको हो।

नियुक्ति पछि प्रतिक्रिया दिदै शाहले आफूलाई उक्त जिम्मेवारीका लागि योग्य ठानी विश्वास व्यक्त गरेकोमा सुदूरपश्चिम प्रदेश सरकार प्रति आभार व्यक्त गरेका छन्। उनले आफूलाई सुम्पिएको जिम्मेवारी पूर्ण निष्ठा, इमान्दारिता र समर्पणका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

शाहले युवाको हकहित संरक्षण, नेतृत्व विकास तथा सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि निरन्तर सक्रिय रहने बताउदै युवाको क्षमता अभिवृद्धि र अवसर विस्तारमा विशेष ध्यान दिने बताएका छन्।

सेयर गर्नुहोस् :