अर्थतन्त्र समाचार

बजेटसहितका दस्ताबेज पारित गर्न दिउँसो १ बजे राष्ट्रिय योजना आयोगको बैठक बस्दै

आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानसहित तीन वर्षको मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रमलाई पारित गर्न आज शुक्रबार दिउँसो १ बजे राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बस्ने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा बस्ने उक्त पूर्ण बैठकले पारित गरेपछि यी प्रतिवेदनहरूलाई स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरिनेछ । प्रधानमन्त्रीले नभ्याउने अवस्थामा उनले तोकेका व्यक्तिले पूर्ण बैठकको अध्यक्षता गर्न सक्ने बताइएको छ । मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि बजेट वक्तव्यसँगै यी दस्ताबेजहरू संसदमा लैजाने कानुनी व्यवस्था छ ।

राष्ट्रिय योजना आयोगबाट स्वीकृत योजना र खर्च संरचनाकै जगमा तयार भएको आर्थिक वर्ष २०८३/८४ को बजेट भने अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :