काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विषेश महाधिवेशनले बहुमतका आधारमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो।
नयाँ केन्द्रीय कार्यसमितिको सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन्।
सहमहामन्त्रीतर्फ महिलाबाट डिला संग्रौला, दलितबाट प्रकाश रसाइली, आदिवासी/जनजातितर्फ बहादुरसिंह लामा, खस–आर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्। यस्तै,विशेष महाधिवेशनले १२१ जनालाई केन्द्रीय सदस्य चयन गरेको छ ।
सभापतिमा निर्वाचित भएपछि थापाले नेपाली कांग्रेस गुटबाट मुक्त भएको र पार्टीमा शेरबहादुर देउवाको अध्याय टुंगिएको उद्घोष गरेका छन।





