राजनीति

लामिछाने: भागेको हेलिकप्टर फेरि सिंहदरबार र बालुवाटारमा अवतरण गरे लोकतन्त्रलाई खतरा हुने

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसपटकको निर्वाचनलाई मत क्रान्तिको रूपमा लिन मतदातालाई आह्वान गरेका छन्।

शुक्रबार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यो निर्वाचन सामान्य परिस्थिति नभएको, फागुन २१ लाई इतिहास लेख्ने दिन भन्दै उनले जनमतको मूल्य कहिल्यै खेर नजाने बताएका छन।

नयाँ शक्तिबाट देशलाई खतरा भएको भन्ने हल्लाको प्रतिवाद गर्दै उनले ‘भागेको हेलिकोप्टर’ फेरि सिंहदरबार र बालुवाटारमा अवतरण गरे लोकतन्त्रलाई खतरा हुने टिप्पणी गरे।

लामिछानेले आजै पाल्पा, गुल्मी र अर्घाखाँचीका विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट तथा सम्बोधन गरेका थिए।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :