झापा। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता समेत रहेका शाहले झापा-५ को समग्र विकास र शासन प्रणालीमा सुधार ल्याउने लक्ष्य सहित महत्वाकांक्षी एजेन्डा अघि सारेका छन्।
उनको बाचापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ। संविधान २०७२ ले प्रत्याभूत गरेका मौलिक हकहरूलाई व्यवहारमा उतार्न आवश्यक कानुन निर्माण, संशोधन र प्रभावकारी कार्यान्वयनमा संघीय संसदमार्फत सक्रिय भूमिका खेल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
भ्रष्टाचार र बेथितिविरुद्ध कडा अडान लिने घोषणा गर्दै शाहले सार्वजनिक सेवालाई छिटो, सरल र नागरिक मैत्री बनाउने दाबी गरेका छन्। राष्ट्रहित विपरीत कुनै पनि सम्झौता नगर्ने र विकाससँगै वातावरण तथा प्रकृति संरक्षणमा ध्यान दिने उल्लेख बाचापत्रको अर्को महत्वपूर्ण पक्ष हो।
शिक्षा क्षेत्रमा काठमाडौँ महानगरपालिकामा लागू गरिएको शिक्षामा सीप कार्यक्रमलाई झापामा विस्तार गर्ने योजना अघि सारिएको छ। यसबाट विद्यार्थीलाई विद्यालय तहदेखि नै सीपमूलक शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ। सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालय स्थापना गर्दै विद्यालय छाड्ने दर घटाउने योजना पनि समेटिएको छ।
स्थानीय विकासतर्फ गौरीगञ्जको ऐतिहासिक त्रिभुवन पुस्तकालयलाई डिजिटल अनुसन्धान केन्द्रका रूपमा रूपान्तरण गर्ने, कमलमा आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने र दमकमा बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने प्रतिबद्धता गरिएको छ। साथै दमक-१० स्थित साइन्स पार्कलाई व्यवस्थित गरी शैक्षिक केन्द्रका रूपमा विकास गर्ने योजना प्रस्तुत गरिएको छ।
बाचापत्रमा झापा-५ मै व्यवस्थित सांसद सचिवालय स्थापना गर्ने प्रस्ताव पनि गरिएको छ जसले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउँदै स्थानीय समस्या प्रत्यक्ष संसदसम्म पुर्याउने विश्वास गरिएको छ।
यस्तो छ वाचा पत्र:






