अन्तराष्ट्रिय

यी हुन् आक्रमणमा मारिएका वरिष्ठ इरानी नेताहरू

तेहरान। अमेरिका र इजरायलले शनिबार इरानमा गरेको हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई सहित थुप्रै वरिष्ठ इरानी अधिकारीहरूको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले दाबी गरेका छन्। राजधानी तेहरान स्थित कार्यालयमै खामेनेई मारिएको जनाइएको छ।

आक्रमणमा सशस्त्र बलका प्रमुख अब्दोलरहीम मौसवी र इस्लामिक रिभोल्युशनरी गार्ड्सका कमान्डर मोहम्मद पाकपुर पनि मारिएको बताइएको छ। सरकारी स्रोत अनुसार खामेनेईका परिवारका सदस्यहरू समेत सोही आक्रमणमा ज्यान गुमाएका छन्।

गुप्तचर तथा सैनिक स्रोतलाई उद्धृत गर्दै सीबीएस न्युजले करिब ४० जना इरानी अधिकारीहरूको मृत्यु भएको अनुमान गरेको छ। यद्यपि, यी दाबीहरूको अन्तर्राष्ट्रिय स्तरमा अझै स्वतन्त्र पुष्टि हुन बाँकी छ।

सेयर गर्नुहोस् :