खेलकुद

नेपाल सहभागी हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौ। नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा आयोजना हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज तत्कालका लागि स्थगित भएको छ।

क्यानले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरिएको उल्लेख गरेको छ। सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा फागुन २६ देखि चैत ६ गतेसम्म सञ्चालन हुने तालिका थियो। उक्त सिरिजमा नेपालसहित संयुक्त अरब इमिरेट्स र ओमान राष्ट्रिय क्रिकेट टोली सहभागी हुने तय भएको थियो।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार स्थगित खेलको नयाँ मिति सम्बन्धित पक्षसँग आवश्यक परामर्श पछि शीघ्र सार्वजनिक गरिनेछ। परिस्थितिको निरन्तर मूल्याङ्कन गर्दै प्रतियोगिताको तालिका पुनःनिर्धारण गरिने क्यानले जनाएको छ।

सेयर गर्नुहोस् :