खेलकुद

न्युजील्याण्डले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो

मुम्बई। टी २० विश्वकपको सेमिफाइनलमा न्युजील्याण्डले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ।

टस जितेर पहिले बलिङ रोजेको न्युजील्याण्डले दक्षिण अफ्रिकालाई १६९ रन मै समेटेको थियो। जवाफी ब्याटिङमा न्युजील्याण्डले १२.५ ओभर मै लक्ष्य पूरा गर्यो। ओपनर फिन एलेनले ३३ बलमै अविजित शतक प्रहार गर्दै टोलीलाई सहज जित दिलाए।

यो न्युजील्याण्डको दोस्रो फाइनल यात्रा हो तर अहिलेसम्म उसले टी २० विश्वकप जित्न सकेको छैन।

टी २० विश्वकपको दोस्रो सेमिफाइनल बिहीबार भारत र इंल्याण्ड बिच बिहिवार हुनेछ।

फाइनल खेल मार्च १० आइतबार गुजरातको अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :