काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचको एकतामा हस्ताक्षर शनिबार हुने भएको छ।
शुक्रबार नै हस्ताक्षर गर्ने तयारी भए पनि नेताहरूको व्यस्तता र केही प्राविधिक कारणले मिति सारिएको रास्वपा सचिवालय सदस्य शिशिर खनालले जानकारी दिएका छन्।
मङ्गलबार र बिहीबार भएका दुवै नेताबीचका भेटघाटले सहमतिको वातावरण बनेको र हस्ताक्षरपछि केही दिनमै घोषणा सभा आयोजना हुने जनाइएको छ।





