काठमाडाै:खेलकुदमा नेपालको गौरव बढाउने दुई सफलताको कदर गर्दै काठमाडौं महानगरपालिकाले एमएमए फाइटर रवीन्द्र ढाट र खोखो विश्वकप उपविजेता टोलीलाई सम्मान गरेको छ।
भारतमा सम्पन्न म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा उपाधि जितेका ढाँटलाई महानगरले रु २ लाख नगद र सम्मानपत्र प्रदान गरेको हो।
त्यस्तै, सन् २०२५ मा पहिलो पटक आयोजना भएको खोखो विश्वकपमा उपविजेता बनेका महिला तथा पुरुष राष्ट्रिय टोलीलाई ११–११ लाख रुपैयाँको दरले कुल रु २२ लाखको चेक हस्तान्तरण गर्दै सम्मान गरिएको छ। खोखो खेलाडीका लागि आवश्यक रकम नेपाल खोखो संघले व्यवस्था गर्ने जनाएको छ।
सम्मान समारोहमा काठमाडौं महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजक सहितको उपस्थिति थियो। महानगरले यो पहल सामाजिक विकास समितिको सिफारिसमा गरेको स्पष्ट पारेको छ।





