खेलकुद

आसामसँग नेपाल ‘ए’ पराजित

गुवाहाटी (भारत) : भारतको गुवाहाटीमा जारी पाँच खेलको टी–२० सिरिजको चौथो खेलमा नेपाल ‘ए’ १८ रनले पराजित भएको छ। १७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो। कप्तान अनिल साहले सर्वाधिक ६७ रन बनाए पनि टोलीलाई जित दिलाउन असफल रहे। बलिङतर्फ आसामका अभिनव चौधरी र अब्दुल कुरेशीले ३–३ विकेट लिए भने सादिक हुसेनले १ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आसामले २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। कप्तान सुमित घडिअन्कर ७० रन बनाएर अविजित रहे। उनी २०औं ओभरको पहिलो बलपछि रिटायर्ड भएका थिए। नेपालका आकाश चन्दले २ र बसिर अहमदले १ विकेट लिए। आसामसँगको चौथो टी-२० मा नेपाल पराजित भएसँगै अब सोमबार हुने पाँचौँ तथा अन्तिम खेल नै शृंखलाको निर्णायक हुनेछ।

यसअघि पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो। तर दोस्रो खेलमा ९६ रनले र तेस्रो खेलमा ९ रनले विजयी हुँदै सिरिजमा फर्किएको थियो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :