समाचार

रास्वपामा संगठन विस्तार, सचिवालयमा दुई नयाँ अनुहार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गर्दै सदस्य संख्या १६ पुर्‍याएको छ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा दुई जना नयाँ सदस्य थप्ने निर्णय गरेको हो। यस अघि सचिवालयमा १४ सदस्य रहेका थिए।

प्रवक्ता मनिष झा का अनुसार बैठकमा सागर ढकाल र सरिता श्री ज्ञवाली लाई सचिवालय सदस्यमा राख्ने प्रस्ताव पारित गरिएको हो।

नयाँ सदस्य थपिएसँगै रास्वपाको सचिवालय १६ सदस्यीय बनेको छ।

सचिवालय सदस्यहरूको सूची:

रवि लामिछाने– सभापति

स्वर्णिम वाग्ले– उप सभापति

कविन्द्र बुर्लाकोटी– महामन्त्री

भूपदेव साह– महामन्त्री

विपिन आचार्य– सहमहामन्त्री

लिमा अधिकारी– कोषाध्यक्ष

वसु माया तामाङ– सहकोषाध्यक्ष्य

मनिष झा– प्रवक्ता

गणेश पराजुली– सचिवालय सदस्य

दिपक बोहरा– सचिवालय सदस्य

बिराज भक्त श्रेष्ठ– सचिवालय सदस्य

शिशिर खनाल– सचिवालय सदस्य

सोबिता गौतम– सचिवालय सदस्य

हरि ढकाल– सचिवालय सदस्य

सागर ढकाल– सचिवालय सदस्य

सरिता श्री ज्ञवाली– सचिवालय सदस्य

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :