काठमाडौँ : काठमाडौं महानगरपालिकाले मनमती खोलामाथि बनेका अनधिकृत संरचना भत्काउन डोजर परिचालन गरेको छ।
नगर प्रहरी ईश्वर वाग्लेका अनुसार बिहीबार कालीमाटी–कुलेश्वर हुँदै बग्ने मनमती खोलामाथि स्थानीयले व्यक्तिगत प्रयोजनका लागि निर्माण गरेका पुलहरू हटाइएको हो। उनले भने, “निजी प्रयोजनका लागि बनाइएका संरचना हटाएका हौं। खोला अतिक्रमण गरी राखिएका संरचना मात्रै हटाइएको हो “
महानगरपालिकाले खोला अतिक्रमण नियन्त्रण गर्ने र जलमार्ग सुरक्षित राख्ने अभियानलाई निरन्तरता दिँदै आएको छ।





