खेलकुद

अभ्यास खेलमा साउथ अस्ट्रेलियाले नेपाललाई दियो २४३ रनको लक्ष्य

काठमाडौं : अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियाविरुद्धको वान डे अभ्यास खेलमा २४३ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको साउथ अस्ट्रेलिया निर्धारित ४५ ओभरमै २४२ रनमा अलआउट भयो। यस क्रममा ह्यारी मानेन्तीले ६३ तथा दुवित हूगानबोजमले ५३ रनको योगदान दिए। रायन किङले ३५ र म्याकेन्जी हार्भेले २४ रन जोडे।

नेपालका बलरहरूले सन्तुलित प्रदर्शन गरे। नन्दन यादव र सोमपाल कामीले समान ३-३ विकेट लिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले एक–एक विकेट हात पारे। अस्ट्रेलिया भ्रमणलाई आगामी विश्वकप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ।

सेयर गर्नुहोस् :