समाचार

लेखा समिति सभापतिमा कांग्रेसलाई एमाले र नेकपाको समर्थन

काठमाडौँ। लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई नेकपा एमाले, नेकपा र अन्य सहितका प्रतिपक्ष दलहरूले सघाउने सहमति जुटेको छ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिपक्ष दलहरूको बैठकले लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो। कांग्रेसका एक सांसदका अनुसार बैठकमा उक्त सहमति बनेको हो।

यस अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि संसदीय दलको बैठक मार्फत सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिने निर्णय गरिसकेको थियो।

प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिहरूको सभापतिका लागि आजै मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ भने निर्वाचन शुक्रबार हुँदैछ।

सेयर गर्नुहोस् :