समाचार

समानुपातिक बन्दसूची आज र भोलि बुझाउनु पर्ने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ६७ दिन बाँकी छ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फको बन्दसूची पुस १३ र १४ गतेसम्म पेस गर्नुपर्नेछ। पेस गरिएका सूचीको पुस १५ देखि २० गते छानबिन हुनेछ भने पुस २१ देखि २७ गते त्रुटि सच्याउने मौका दिइनेछ र आयोगले पुस २८ देखि माघ ३ गतेसम्म पुनः जाँच गर्नछ। माघ ४ गते बन्दसूची प्रकाशन हुने र माघ २० गते अन्तिम सूची सार्वजनिक गरिनेछ।

सयवटा राजनीतिक दलले ९३ चिन्ह मार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् भने दर्ता भएका दलहरूले मात्र बन्दसूची पेस गर्न पाउनेछन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :