खेलकुद

क्रिकेटको टी–ट्वान्टी विश्वकपको महाकुम्भ भोलीबाट सुरु हुदै, तयारी पूरा

काठमाडौं। भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने आईसीसी टी-ट्वान्टी विश्वकपको दशौ संस्करण भोलि शनिबार (७ फेब्रुअरी २०२६) देखि औपचारिक रूपमा सुरु हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

उद्घाटनको दिन पाकिस्तान र नेदरल्याण्ड्स, वेस्ट इन्डिज र स्कटल्याण्ड र आयोजक भारत र अमेरिकाबीच खेल हुने तालिका छ। यसअघि राजनीतिक तनावका कारण बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि त्यसको स्थानमा स्कटल्याण्डलाई समावेश गरिएको छ।

यस संस्करणमा कुल २० टोली सहभागी हुनेछन भने प्रतियोगिताभर ५५ खेल सञ्चालन हुनेछन्। फाइनल खेल मार्च ८ मा आयोजना गर्ने तालिका तय गरिएको छ।

सेयर गर्नुहोस् :