समाचार

भारतले दियो निर्वाचन सफलतामा नेपाललाई बधाई

काठमाडौं। नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतले नेपाललाई बधाई दिएको छ।

भारतीय विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जनाएको हो।

विज्ञप्तिमा निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा प्रधानमन्त्री सुशीला कार्कीलाई तथा लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउने नेपाली मतदातालाई बधाई दिइएको उल्लेख छ।

भारतले नेपालको शान्ति, स्थायित्व र विकासप्रति निरन्तर समर्थन रहने प्रतिबद्धता दोहोर्‍याउँदै दुई देश बीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई अझ मजबुत बनाउन आगामी दिनमा नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्ने जनाएको छ।

सेयर गर्नुहोस् :