काठमाडौं। जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने ८ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ।
प्रधानमन्त्री कार्यालय मातहतको उक्त कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न निकायको सिफारिसका आधारमा कम्पनीहरूलाई कालो सूचीमा राखिएको जनाएको हो।
सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कारबाही गर्दै ती कम्पनीलाई १ देखि ३ वर्ष सम्मका लागि कालो सूचीमा राखिएको छ। यस अवधिमा उनीहरूले कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
कालो सूचीमा राखिएका निर्माण कम्पनीहरू:






